पत्रकारिता
“ कुनै पार्टीको झण्डामुनि नबसी राष्ट्रको चौथो अङ्ग भएर गर्ने पेसा ”
व्यवसाय
“ नियमित लगनशील भई व्यावसायिक नैतिकता कायम गर्दै गरिने आर्थिक उन्नतिको आधार ”
समाजसेवा
“ निस्वार्थ कसैको घाउमा मलमपट्टी लगाउने संसारको सबैभन्दा उत्कृष्ट कार्य ”
परिवार
“ जीवनको सही पाठशाला ”
तेह्रथुम जिल्ला, म्याङलुङ जन्मनु भएका भगवान मान श्रेष्ठ एक प्रतिष्ठित पत्रकार, समाजसेवी तथा बहुआयामिक सामाजिक व्यक्तित्व हुनुहुन्छ । स्नातक तहसम्मको औपचारिक शिक्षा प्राप्त गरी पत्रकारितामार्फत सार्वजनिक जीवनमा प्रवेश गर्नुभएका श्रेष्ठले हस्तलिखित भित्ते पत्रिका ‘“सन्दर्भ” बाट पत्रकारिता यात्रा सुरु गर्नु भएको हो । तेह्रथुम जिल्लाकै पहिलो साप्ताहिक समाचारपत्र ‘“नौलो सन्दर्भ” को संस्थापक तथा प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्दै जिल्लामा सूचना प्रवाह, जनचेतना र लोकतान्त्रिक अभ्यासको विकासमा ऐतिहासिक योगदान पु¥याउनुभएको छ ।
पत्रकारितासँगै उहाँ सामाजिक संस्था निर्माण र सुदृढीकरणमा पनि अग्रणी रहनुभयो । सञ्चार विकास समूह तेह्रथुमको संस्थापक अध्यक्षका रूपमा आधारभूत पत्रकारिता तालिमको सुरुआत गरी स्थानीय पत्रकारहरूलाई सशक्त बनाउने कार्यमा उहाँको भूमिका उल्लेखनीय रहेको छ ।
व्यावसायिक रूपमा श्रेष्ठ भण्डार पुस्तक तथा स्टेशनरी व्यवसाय सञ्चालन गर्दै ज्ञान र अध्ययन संस्कृतिको प्रवद्र्धनमा समेत उहाँको निरन्तर योगदान रहेको छ । शुभराज्याभिषेक पदक, वीरेन्द्र–ऐस्वर्य सेवा पदक, दैविक प्रकोप उद्धार पदक, शिक्षा दिवस पुरस्कार तथा दीर्घसेवा सम्मान जस्ता राष्ट्रिय सम्मानहरूले उहाँको सेवा र योगदानलाई झल्काउँछ । भ्रष्टाचारमुक्त समाज, जिम्मेवार नेतृत्व र सामुदायिक एकताका पक्षधर भगवान मान श्रेष्ठ तेह्रथुमको सामाजिक, पत्रकारितिक र बौद्धिक इतिहासमा स्थायी छाप छोड्ने व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ । श्रेष्ठको जीवनीसँग सम्बन्धित सामग्रीहरू यसमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।